Friday October 19, 2018 | |

मलेसियामा ज्यान गुमाएका युवाको शव तीन हप्तामा पनि नेपाल आएन

featured-news


साथीहरुसँगको झगडा र कुटपिटबाट मलेशियामा ज्यान गुमाएका पर्वतका एक यूवाको शव तीन हप्ता बितिसक्दा पनि नेपाल आउन सकेको छैन । पर्वत घर भई रोजगारीका लागि मलेशिया गएका मोदी गाउँपालिका ५ धमिलपानीका २२ बर्षीय किशोर केसी (नसिब) को आफ्नै साथीहरुको कुटपिटका कारण मृत्यु भएको थियो ।


गत जेठ ६ गते भएको कुटपिटका क्रममा पेटमा फलामको रड घोच्चिएर उनको अस्पतालमा उपचारका क्रममा जेठ १५ मृत्यु भएको बताइएको छ ।

मृत्यु भएको लामो समय भैसक्दा पनि शव नेपाल नआइपुगेपछि शोकाकूल परिवारले जतिसक्दो चाँडो शव नेपाल झिकाइदिन सम्बन्धित निकायमा अपिल गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement