Tuesday August 21, 2018 | |

आइपिएल सिनारियो ः पञ्जाब र मुम्बइ दुवै गर या मरको अबस्थामा

featured-news


आइपीएल २०१८ को पहिलो चरणमा थोरै खेल बाकी रहेका छन् । पहिलो चरणमा कुल सात खेल बाकीँ छन् । कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्सका एक खेलबाकीँ रहेका छन् भने अन्य टोलीका दुइ खेल बाकीँ छन् । अहिलेसम्मको खेल सकिदा सनराइजर्स हैदराबादको १८ अंक छ । हैदराबाद शिर्ष दुइमा रहने समेत पक्का भइसकेको छ । यसैगरी, १६ अंक भएको चेन्नाइ प्लेअफममा प्रबेश त पाएको छ । तर शिर्ष दुइमा रहने की नरहने भन्ने टुंगो लागन बाकीँ छ । १४ अंक भएको कोलकाताका लागि तीनवटै सम्भावना कायम नै छ । शिर्ष दुइमा रहने, तेश्रो या चौथो स्थानमा रहने । कोलकातका लागि बाकीँ रहेका सात खेलको नतीजाले नै स्थान तय गर्ने छ ।
बाकी रहेका खेल मध्य बुधबार किङ्स पञ्जाब ११ र मुम्बइ इन्डियन्सको विच मुम्बइमा खेल हुने छ । मुम्बइको १० तथा पञ्जाबको १२ अंक छ । नेटरनरेटमा पञ्जाब एकदम खराब अबस्थामा रहेको छ भने मुम्बइ राम्रो अबस्थामा छ ।
पञ्जाब र मुम्बइ पछिको खेलको समिकरण
यस खेलमा जित हात पारे मुम्बइ १२ अंक सहित चौथो स्थानमा पुग्ने छ । नेटरन रेटमा राम्रो रहेको मुम्बइले यस पछि दिल्ली डेयरडेभिल्सलाई पराजित गरे प्ले अफमा जाने सक्ने छ । त्यसो भएमा प्ले अफ दौडमा रहेका पञ्जाब त मुम्बइ भन्दा पछि रहने नै छ । राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बंगलोरले मुम्बइको समान अंक भए पनि नेटरन रेटमा भेट्टाउन मुश्कील छ । बुधबारको खेल जितेर दिल्लीसंग पराजित भए पनि अन्य खेलका नतीजा आफू अनुकुल आए मुम्बइ १२ अंक सहित प्ले अफमा जाने गणीतीय सम्भवना यथाबत रहेको छ । पञ्जाब र राजस्थान रोयल्सले आफ्ना अन्तिम खेल हार्ने र त्यस भन्दा अघि बंगलोर पनि हैदराबादसंग पराजित भए १२ अंकले अस्वभाबक रुपले प्लेअफमा प्रबेश गर्ने छ ।
पञ्जाबको हकमा यस खेलमा पराजित भए पछि एक खेल बाकी रहन्छ । चेन्नाइसंगको सो खेलमा जित हात पारे पनि नेटरन रेटमा खराब अबस्थामा रहेका कारण १४ अंकले पञ्जाब प्लेअफमा जानका लागि अन्य खेलको नतीजा आफु अनुकुल हुन जरुरी छ । मुम्बइसंग हारेमा पञ्जाब प्ले अफमा जानका लागि मुम्बइले दिल्लीसंगको खेलमा पराजय, पञ्जाबको चेन्नाइ मागि जित, राजस्थान रोयल्सको र रोयल च्यालेन्जर्स बंगलोरसंग हार र बंगलोरको हैदराबादसंगको हार जरुरी छ । यसो भएमा बंगलोर, मुम्बइ,बंगलोर र राजस्थानको १२ तथा पञ्जाबको १४ हुने छ । अन्यथा पञ्जावको बाटो बन्द हुने छ ।
बुधबारको खेलमा पञ्जाव विजयी भए अन्तिममा चेन्नाइलाई पराजिग गर्दै प्ले अफमा जाने बाटो खुल्ने छ । मुम्बइ भने बाहीरिने छ । पञ्जाबले कोलकातालाई पछि पार्ने सम्भावना जिति रहन्छ भने पछिल्लो समिकरणले बंगलोर र राजस्थान विचको विजेता प्ले अफमा प्रबेश गरेर पञ्जाब बाहीरिने सम्भावना पनि छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News