Tuesday August 21, 2018 | |

कविता : छाेरी किन बोल्दिन ?

featured-news

विनोद उदय  

 

किन मेरी किशोरी छोरी
एकाएक मसँग बोल्नै छाडी ? 

 
हिजो सम्म त ऊ 
मेरो समिप नपरी कहाँ बस्न सक्थी र ? 
मेरो बोली नसुनी कहाँ निदाउन सक्थी र ? 
मसँग बसेर नखाई कहाँ अघाउन सक्थी र ? 

 
हँ !!! 
के भयो उसलाई ? 
कुनै मानसिक रोगी झैं  
मेरी किशोरी छोरी विक्षिप्त देखिन्छे ।  

 
बुझ्दै जाँदा थाहा पाएँ  
उसले भर्खरै सुनिछे हिजोको घटना  

.

.

.
–‘बाबुद्वारा छोरी बलात्कृत’

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News