Friday August 17, 2018 | |

अपांगता भएका बालबालिकाको अवस्थाबारे वेविनार

featured-news

प्रारम्भिक बाल विकासका मुद्दाहरुमा विभिन्न कार्य गर्दै आइरहेको प्रारम्भिक बाल विकास समाज नेपालले नेपालमा अपांगता भएका बालबालिकाहरुको अवस्था बारे वोविनार सम्पन्न गरेको छ । मंगलबार समाजद्वारा आयोजित वेविनारमा सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले अपांगता भएका बालबालिकाहरुको बर्तमान अवस्थाका बारेमा बिषयगत कायपत्रहरु प्रस्तुत गरेका छन । प्रारम्भिक बाल विकासका क्षेत्रमा एक स्थापित संस्थाको परिचय बनाइसकेको समाजले तेश्रोपटक यस्तो वोविनारको आयोजना गरेको हो ।

 

नेपालमा पहिलो पटक प्रयोग गरिएको वेविनारमा नेपाल लगायत बिभिन्न देशबाट यस बिषयका सरोकारवालाहरुले समेत भाग लिएका थिए । प्रारम्भिक बाल विकास समाजको आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा सम्पन्न वेविनारमा करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटा र सोही क्षेत्रकी खोज तथा अनुसन्धानकर्ता गोपिनी पाण्डेले दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

अपांगता भएका बालबालिकाको अवस्था, अपांगता हुने कारण र पूर्वी नेपालका केही जिल्लाहरुको अवस्थाका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै करुणा फाउण्डेशनका सापकोटाले गर्भवती आमाको मनो सामाजिक अबस्थाका कारण पनि अपंगता भएका बालवालिका जन्मीने संम्भावना तर्फ इगिंत गरेका छन । उचित स्याहार सुसार र हेरविचार नहुनु, गर्भवती आमाले पोषिलो खानेकुरा खान नपाउनु र अस्पतालमा सुत्केरी नगराइनु जस्ता कारणहरुले नेपालमा बालबालिकाहरुमा अपंगता बढ्न सक्ने कारण तर्फ समेत उनले सचेत गराएका छन । त्यस्तै सापकोटाले गर्भवती आमा तनाव रहित हुनुपर्ने तर्फ पनि सचेत गराएका छन ।

 

त्यस्तै कार्यक्रममा मध्य तथा सुदूर पश्चिमका जिल्लाहरुमा अपांगता भएका बालबालिकाहरुको अवस्थालाई मुख्य विषयको रुपमा प्रस्तुत गर्दै खोज तथा अनुसन्धानकर्ता गोपिनी पाण्डेले खासगरि पश्चिमका ४ जिल्लामा अपांगता भएका बालबालिकाहरुको संख्या तुलनात्मक रुपमा बढी देखिएको प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिएकी छिन ।


पाण्डेका अनुसार बाल विकास कक्षादेखि कक्षा ३ सम्म अध्ययन गर्ने अपांगता भएका बालबालिकाहरु बारे गरिएको खोजले केटाभन्दा केटीको संख्या बढी देखिएको यसबेला गरिएको प्रारम्भिक अध्ययनको निष्कर्श छ । यद्यपी सरकारी बिद्यालयमा गरिएको यस अध्ययनमा बिद्यालयमा छात्राहरुको संख्यामा समेत छात्रको तुलनामा बढि रहेको थियो । वेविनारले बालबालिकाहरुका बिभिन्न मुद्धाहरुलाई उजागर गर्न र सचेतना फैलाउने उदेश्य राखेको आयोजक संस्था प्रारम्भिक बाल विकास समाज नेपालकी सचिव एवम् वेविनारकी सहजकर्ता मीनाक्षी दाहालले बताइन् ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News