Friday August 17, 2018 | |

‘रेस ३’ को स्याटेलाइट अधिकार सर्वाधिक मूल्यमा बिक्री

featured-news

सलमान खान अभिनित चलचित्र ‘रेस ३’ ले स्याटेलाइट अधिकार सर्वाधिक मूल्यमा बिक्री गर्दै बलिउडमा नयाँ कीर्तिमान कायम गरेको छ । रिलिज हुन केही दिन मात्र बाँकी रहेको यस चलचित्रले यसअघि आमिर खानको ‘दंगल’ को कीर्तिमानी तोडेको हो । ‘दंगल’ ले आफ्नो स्याटेलाइट अधिकार ७५ करोड भारुमा बिक्री गरेको थियो ।


‘रेस ३’ को निर्माण पक्षले कतिमा बिक्री भएको भन्ने बारेमा कुनै आधिकारिक जानकारी नदिएको भए पनि ‘दंगल’ को भन्दा बढी रकम पाएको इन्डिया टुडेले जनाएको छ ।


यस चलचित्रमा सलमानका साथमा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ । इदको अवसरमा रिलिज हुने भएकाले चलचित्रले बक्सअफिसमा गतिलो कमाइ गर्ने अनुमान गरिएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News