Tuesday August 21, 2018 | |

चन्द्रागिरिमा प्रधानमन्त्री ओलीको कविता : ‘सपना देख्न पाउँ’

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन चन्द्रागिरि पुगेर उनले कविता लेखेका हुन् ।


उनले ८ मिनेटभित्र १० हरफको कविता लेखेका छन् जसमा उनले ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने अभिव्यक्ति दिएका छन् ।


कविताको शीर्षक नदिइएको उक्त कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् र चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ भन्ने इच्छा प्रकट गरेका छन् ।

 


यस्तो छ प्रधानमन्त्री ओलीको कविता :


परिवर्तनशील दुनियाँमा सधैं बाँचेको को छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्वीर खिच्न पाउँ
मरे पनि केही छैन त्यस पछि पनि सपना देख्न पाउँ

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News