Friday October 19, 2018 | |

नेपाली चलचित्रका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

featured-news

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा मंगलबार राती निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमै निधन भएको हो ।


कलाकार थापाले दर्जनौ नेपाली चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिचलचित्र ’तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो ।


हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत रहेका भिमबहादुरको निधन भएपछि निर्देशक निरौला ’छक्का पञ्जा ३’ को सुटिङ रोकेर काठमाडौं आउँदैछिन् । उनको बुधवार पशुपति आर्यघाटमा दाहासंकार हुने पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाई समेत लडेका थिए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement