Friday October 19, 2018 | |

चितवनमा बालसुधार गृह निर्माणको प्रक्रिया सुरु

featured-news

चितवन । चितवनको भरतपुरमा प्रदेश नं ३ को बालसुधार तथा पुनःस्थापना गृह निर्माणका लागि प्रक्रिया सुरु भएको छ । यसका लागि भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गा छनोट गरी जिल्लाको निर्णय सहित केन्द्रमा पठाइसकिएको छ ।


कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि १८ वर्षका बालबालिकालाई कारागारमा नराखी उक्त सुधार गृहमा राखिने छ । बन्न लागेको चितवनको सुधार गृह १३० जना क्षमताको हुनेछ ।


यसअघि चितवनको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका लागि तोकेर आए पनि सो क्षेत्र महानगरपालिकाले उपभोग गर्ने भनिएपछि नयाँ स्थानका लागि निर्णय गरेर केन्द्रमा पठाइएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए ।


जिल्ला समन्वय समिति, चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सिचाइ कार्यालय भएको भरतपुरको जग्गामा गृह स्थापना गर्ने निर्णय गरेर केन्द्रमा पठाइएको उनले बताए ।


उनका अनुसार नेपाल सरकारले यसअघि पोखरा, विराटनगर र भक्तपुरमा यस्ता सुधार गृह स्थापना गरेको थियो । अहिले नेपालमा ३०० भन्दा बढी बालबालिका छन् । प्रदेश नं ३ मा १०० जति बालबालिका रहेका छन् । हरेक प्रदेशमा एउटा सुधार गृह बनाउने योजना सरकारको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement