Sunday December 16, 2018 | |

निर्मलाको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन, ११ जना पक्राउ

featured-news

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गरिएको छ । प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।


बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँने कार्यक्रम रहेका बेला उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेर त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए ।


पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement