Saturday July 21, 2018 | |

पाठ्य पुस्तकको अभाव हुन नदिने जनक शिक्षाको दाबी

चितवन । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रिय कार्यालय भरतपुरले यस बर्ष पाठ्यपुस्तक अभाव नहुने जनाएको छ । पाठ्पुस्तक मागको ७८ प्रतिशत पुरा भइसकेको क्षेत्रिय कार्यालयले जनाएको छ ।

कार्यालयले चितवन लगातय ११ ओटा जिल्लामा पुस्तक वितरण गर्दै आएको छ । गत बर्ष जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाईमा ढिलाइ गर्दा शैक्षिक सत्र शुरु भएको लामो समय सम्म पनि विद्यार्थिहरुले पुस्तक पाउन सकेका थिएनन् । यस बर्ष भने बैशाख १५ गतेभित्र माग अनुसारको सबै पुस्तक सम्बन्धित जिल्लामा पुगिसक्ने जनक शिक्षाको क्षेत्रिय कार्यालय भरतपुरका प्रमुख हरि प्रसाद माझि क्षेत्रीले जानकारी दिए ।

सरकारको विद्यालय भर्ना अभियान सकिनु अघि नै सम्बन्धित पुस्तक विक्रेताकहां पुस्तक पुगिसक्ने क्षेत्रीले वताए । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रिय कार्यालय भरतपुरले चैत ५ गतेदेखि पुस्तक वितरण थालेको थियो । चितवनमा ८८, नवलपरासीमा ४९, मकवानपुरमा ७, बारामा १३, पाल्पामा ९, कपिलबस्तुमा १० र गुल्मीमा ७ जना सुचिकृत पुस्तक विक्रेता रहेका छन् ।

त्यस्तै अर्घाखांचीमा ८, पर्सामा ७, रौतहटमा ९ र रुपन्देहीमा २६ जना विक्रेता रहेको क्षेत्रीय प्रमुख क्षेत्रीले जानकारी दिए । क्षेत्रीय कार्यालय भरतपुरमा अहिले कक्षा ६ को नैतिक र सामाजिक, कक्षा ७ को कम्प्युटर र नैतिक, कक्षा ९ को लेखा, अर्थशास्त्र र कक्षा १० को कम्प्युटर विषयको पाठ्यपुस्तक केहि अपुग रहेको उनले वताए । यी पुस्तकहरु पनि सोमबार सम्म आइपुग्ने कार्यालयले जनाएको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News