Saturday July 21, 2018 | |

परराष्ट्रमन्त्री ज्ञवाली चीन तर्फः यी हुन भ्रमणका एजेण्डा

featured-news

काठमाडौँ । उत्तरी छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज मन्त्री ज्ञवाली चीन तर्फ प्रस्थान गरेका छन्।

विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए। ती राजनेता को हुन भन्ने चाँही ज्ञवालीले खुलाएनन्। सम्भवत ती राजनेता भनेका चिनियाँ राष्ट्रपति सी जिङपिङ वा प्रधानमन्त्री ली ख्छ्याङ हुन सक्ने छन्।

उनले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताए।

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । त्यस्तै दुर्इ देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानका विषयमा समेत छलफल हुने उनले जानकारी दिए।

यो भ्रमण प्रधानमन्त्री ‌ओलीको चीन भ्रमणसँगै चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको विषयमा समेत छलफल हुने छ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News