Saturday July 21, 2018 | |

कुर्सी बचाउन माओवादी शक्तिलाई एमालेमा विलय गराउन खोजेको प्रचण्ड माथि बाबुरामको आरोप

featured-news

काठमाडौँः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफेनो कुसी बचाउन माओवादी शक्ति एमालेमा विलय गराउन खोजेको आरोप लगाएका छन्।

बिहीबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी छाडेर भुल गरेको भन्दै बाबुराम भट्टराईलाई माओवादीमा फर्कन भनेका थिए।

त्यसको जवाफमा भट्टराईले यस्तो आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘प्रचण्डजीका कुरा सुन्दा स्कुलमा पढेका पाइड पाइपर अफ हामेलिनको कविता सम्झना हुन्छ। मिठो मुरलीवादकले शहरका सबै मुसाहरुलाई आफ्नो धुनको पछि लगाएर समुन्द्रमा होमेझैँ प्रचण्ड अनेक कुतर्क गरेर आफ्नो कुर्सीका निम्ति पूरै माओवादी शक्ति एमाले समुन्द्रमा होम्दै हुनुहुन्छ। अबका मुसा लाटा छैनन् है१’

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News