Saturday July 21, 2018 | |

ट्रिपर दुर्घटनामा ज्यान गुमाउनेका प्रति परिवारलाई ५ लाख राहत दिइने

featured-news

काठमाडौं । सरकारले मुस्ताङको स्याङबोचेमा भएको ट्रिपर दुर्घटनाका मृतकका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।


गृहमन्त्री रामबहादुर थापाले सो दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन् ।


गत शुक्रबार मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटनामा परि कालीगण्डकी करिडोर निर्माणमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो ।

 

मृत्यु हुनेमा रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ गरी २० जना रहेका थिए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News