Friday November 16, 2018 | |

परमाणु रियाक्टर बनाउने साउदी अरबका युवराजको घोषणा

featured-news

काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेका छन् । उनले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रियाक्टर बनाउने बताएका हुन् ।


समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् ।


यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।


परमाणु रियाक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो ।


साउदी अरबको आगामी दुई दशकमा १६ परमाणु रियक्टर बनाउने योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement