Wednesday September 19, 2018 | |

वीरगञ्ज महानगरपालिकाका मेयरले पार्टीबाट दिए राजीनामा

featured-news

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको आफ्नो काममा पार्टीले पटकपटक अनावश्यक दबाव दिएको भन्दै उनले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।


ह्वाट्सएपमार्फत् पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका मेयर सरावगीले आफू पार्टीबाट नगर प्रमुख भएको भएपनि आफ्नो काँधमा सम्पूर्ण नगरबासीको जिम्मेवारी भएको र वीरगञ्जका जनतालाई न्याय दिनका लागि आफू लागिपरेको बताए ।


मेयर सरावगीले जनभावनाबमोजिम काम नगरेको भन्दै पार्टी पक्ष असन्तुष्ट बनेको थियो ।


बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गर्दै उनलाई ध्यानाकर्षणपत्र बुझाउन खोज्दा आफूलाई समय नभएको भन्दै उनले पत्र बुझ्न नमानेपछि पार्टीसँग विवाद झन् बढेको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement