Monday November 20, 2017 | |

१९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटमा नेपालको विजयी सुरूवात

featured-news

२ साउन, काठमाडौँ । १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरूवात गरेको छ । सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १८. ३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि प्रनित थापामगरले सर्वा्धिक २३ रनको योगदान दिए। यस्तै अनिल शाह १९ र रोहित कुमारले ११ रन बनाए । सिंगापुरका आर्यमान सुनिल र गोपिनाथ अचरले समान २ तथा रोहन रंगारञ्जन र अंश भर्गाभाले १/१ विकेट लिए । यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । यस्तै साहब आलमले ३ र किशोर महतोले २ विकेट लिए । प्रतियोगितामा एसियाका शीर्ष चार राष्ट्र अफगानिस्तान, नेपाल, मलेसिया र आयोजक सिंगापुरका युवा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
डबल राउण्ड रोविन लिगका आधारमा हुने छनोटपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने युथ विश्वकपका लागि छनोट हुनेछ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement