Friday November 16, 2018 | |

अछाम गजल मञ्चको अध्यक्षमा जिवन सरोवर

featured-news


अछाम । अछाम गजल मञ्चको तेस्रो साधारणसभाबाट गजलकार जिवन सरोवर सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेका छन् ।


लामो समयदेखि गजल लेखनमा सक्रीय सरोवर अछाम गजल मञ्चको आयोजनामा सोमबार अछामको साँफेबगरमा आयोजित साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।

अछाम गजल मञ्चले साँफेबगर नगरपालिकाले प्रायोजन गरेको साधारणसभामा गजल साँझको आयोजना गिरनुका  साथै मञ्चको नियमित प्रकाशन उषाकिरणको १३ औँ अंकको विमोचन, बृहत् रचनावाचन तथा उपहार चिठ्ठा कार्यक्रम समेत सम्पन्न गरेको छ ।


कार्यक्रममा अछाम जिल्ला लगायत छिमेकि जिल्लाका गजलकार एवं साहित्यकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


यसैगरि मञ्चको साधारणसभाबाट उपाध्यक्षमा भिम सरोवर, सचिवमा मीन बाब्ली मीलन , सहसचिवमा उपेन्द्र भावुक र कोषाध्यक्षमा पुजा रावल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा युवा गजलकारहरु सुनिल भण्डारी, संसार प्रतिक्षा, पुस्पराज संज्याल, माया स्वाँर, तपेन्द्र तुफान र युवराज चिन्तन रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


अछाम गजल मंचका अध्यक्ष ताराप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य शेर बहादुर कुवँर प्रमुख अतिथि रहेका थिए ।


अध्यक्षमा निर्वाचित भएपछि गजलकार सरोवरले  आफु निरन्तर अछामको साहित्य विकाशमा समर्पित रहेर अछाम गजल मञ्चलाई नयाँ उचाईमा पुर्याउन लाग्ने बताएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement