Wednesday September 19, 2018 | |

तीन महिनामा कर्णाली प्रदेश सरकारको खर्च सात प्रतिशत !

featured-news

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित रकम एक अर्ब दुई करोड पाँच लाखमध्ये सात प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

 

आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आ.व. ०७४/७५ को मन्त्रालयगत बजेट तथा खर्च विवरणमा सात प्रतिशत मात्र खर्च गर्न सकिएको देखाएको हो ।

 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आव ०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट प्रदेशसभामा छलफलका लागि प्रस्तुत गर्दा प्रतिपक्षी दल नेपाली काँग्रेसले नियमापत्ति गर्दै संविधानको भाग १६ को धारा २०७ को उपधारा २ बमोजिम गत आ.व.को खर्च विवरण संसदमा पेश गर्न माग राखेपछि चालु आर्थिक वर्षको खर्च विवरणबारे जानकारी गराइएको थियो ।

 

सरकारले गएको वैशाख १३ गते तीन महिनाका लागि ल्याएको एक अर्ब दुई करोड पाँच लाखको बजेटमा सात करोड ५७ लाख ५२ हजार ३०४ अर्थात सात दशमलव ४२ प्रतिशत मात्र खर्च भएको पाइएको छ ।

 

कूल खर्च बजेटमा चालुगत ५ करोड ४५ लाख ११ हजार ५७० अर्थात् ७२ प्रतिशत र पूँजीगततर्फ दुई करोड १२ लाख ४० हजार ७३३ अर्थात् २८ प्रतिशत खर्च भएको छ । जसमा प्रदेशसभा सचिवालयले चालुतर्फ एक करोड ७० लाख २१ हजार ४४७ र पूँजीगततर्फ ३२ लाख ६४ हजार ३७९ गरी कुल रु दुई लाख ८५ लाख ८२६ अर्थात् ३२ प्रतिशत खर्च गरेको छ ।

 

आर्थिक वर्षको अन्त्यमा अधिकतम बजेट खर्च गर्ने संस्कारको अन्त्य गर्न खोजिएकोले पनि बजेट खर्च कम हुन गएको मन्त्री ज्वालाले बताएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement