Thursday January 17, 2019 | |

एप्पलले गुमायो एकैदिन ७५ अर्ब डलर

featured-news

काठमाडौं । संसारकै ठूलो प्रविधिकम्पनीमध्ये एक एप्पलले भारी नोक्सानी बेहोरेको छ । सेयरमा भारी गिरावटका कारण एप्पलले बिहीबारमात्रै ७५ अर्ब डलर बराबरको घाटा बेहोरेको हो ।

 

वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्यमा १० प्रतिशतसम्म गिरावट आएको थियो । यद्यपि अमेरिकाले यो गिरावट चीनका कारण आएको आरोप लगाएको छ ।

 

एप्पलका प्रमुख कार्यकारी टिम कुकले चीनमा एप्पलको घट्दो बिक्रीका कारण सेयरमा गिरावट आएको बताएका छन् ।

 

एप्पलले सन् २०१८ का अन्तिम तीन महिनामा हुने आम्दानीको प्रक्षेपण गर्दै ८९ अर्ब आम्दानी जोड्ने लक्ष्य राखेको थियो । तर कुकले ८४ अर्ब मात्रै हुने बताएका छन् ।

 

क्रिसमसको अवसर फलदायी हुने एप्पलको अपेक्षा सही साबित हुन सकेन । एप्पल अमेरिकामा सार्वजनिक सेयर खरिद–बिक्री गर्नेमध्ये सबैभन्दा ठूलो कम्पनी थियो । तर अब उसलाई तीनवटा कम्पनीले पछि पारेका छन् ।

 

एप्पललाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व रहेको अल्फाबेटले पछि पारेका हुन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement