Monday November 20, 2017 | |

पैसामा टिकट बेचेको भन्दै देउवाकै अघि कांग्रेस कार्यकर्ता आक्रोशित

featured-news

२८ कात्तिक, बाँके । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई बाँकेका अगुवा नेता कार्यकर्ताले आर्थिक चलखेलमा टिकट दिइएको भन्दै असन्तुष्टी जनाएका छन् । नेपालगञ्जमा मंगलबार भएको कार्यकर्ता भेलामा निवर्तमान सांसद भोला सिद्धिकीले टिकट वितरणमा पूर्व सभापति स्व. सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिइएको भन्दै किन अपहेलित गरिएको भन्ने प्रश्न गरे । जिल्ला सभापति किरण कोइरालाको नाम समानुपातिकका किन राखिएन भन्दै सिद्धिकीले कांग्रेस वाम गठबन्धनका कारण नभई आफ्नै कारण हार्ने चेतावनी दिए । पुराना नेता हरिभक्त उप्रेतीले पैसाको चलखेलमा एक क्षेत्रको नेतालाई अर्को क्षेत्रमा टिकट दिइएको भन्दै नेता किशोरसिंह राठौरलाई कारवाहीको माग गरे । अर्का पाका नेता सोमबहादुर थापाले मनोमानी ढंगले टिकट बितरण भएको दावी गरे ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement