Monday December 10, 2018 | |

लोपोन्मुख नौमुठे गाईको तस्करी बढ्दै

featured-news

बाजुरा । पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर नौमुठे गाई चीनतर्फ मासुका लागि तस्करी हुन थालेको छ ।


हुम्ला र मुगुका व्यापारीले अछामबाट सस्तोमा खरीद गरी नौमुठे गाई चीनमा बिक्रीका लागि लैजाने गरेका छन् । एउटा गाई रु चार हजारदेखि रु पाँच हजारमा खरीद गरेर चीनमा रु १५ हजारदेखि रु २० हजारमा बिक्री वितरण हुने गरेको व्यापारीले बताएका छन् ।


नौमुठे गाई अछामका जाल्पादेवी, वैजनाथ, घुघुरकोट, खप्तड, बुढाकोट, बाब्ला, मष्टामाडौँ र देवीस्थानमा पाइन्छ ।


नौमुठे गाईको दूध अन्य गाई र भैँसीको भन्दा राम्रो मानिन्छ । नौमुठे गाईले अन्य गाईले भन्दा बढी दूध दिने गरेको कृषक जोगी महताराले बताए । गाईको दूध र दहि पोषिलो हुने गर्छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement