Saturday May 26, 2018 | |

एमाले माओवादी बिच बिहिबार एकता हुने

featured-news

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकता हुने भएको छ। यस विषयमा छलफल गर्न भोली नै एकता संयोजन समितिको बैठक बस्दै छ।
बुधबार विहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही बैठकले एकताका लागि अन्तिम टुंगो लगाएको हो।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बिहीबार नै पार्टी एकता गर्ने निर्णय भएको साँझ बालुवाटारमा बसेको एमाले स्थायी कमिटिको बैठकमा जानकारी दिएका थिए। भोली विहान बस्ने एकता संयोजन समितिको बैठकले एकताको निर्णय गर्ने र सोही अनुरुप भोलीनै एकताको घोषणा गरिने बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमका अनुसार पार्टी छ।
उनले दिनभर एकताका सबै प्रक्रिया पूरा गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र साँझ एकताको घोषणा गर्ने जानकारी दिए।
यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने छ। जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्ने समेत सहमति भएको छ। सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन्।
त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ। सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।
त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement