Monday December 10, 2018 | |

एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्न मिल्दैन : खनाल

featured-news

काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले कुनै पनि एउटै मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्न नहुने बताएका छन् ।


६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले प्रहरी एक्लैले मात्रै समाजमा रहेका अपराध निर्मूल पार्न नसक्ने भन्दै यसमा स्थानीय नागरिकहरुको समेत सहयोग चाहिने स्पष्ट पारे ।


उनले दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलताको रुपमा हेर्न नमिल्ने बताए । अपराधको अनुसन्धानमा कति समय लाग्छ भने तोक्न नसकिने भन्दै खनालले एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने र अपराधको अनुसन्धान गर्ने एकमात्र विज्ञहरुको समूह नेपाल प्रहरी भएको बताए ।
उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरे ।


उच्च हिमाली गाउँमा भाडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा पनि विना ब्यारेक प्रहरी जवानहरुले चिसोमा ड्युटी गरिरहेको प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरे । उनले गृहमन्त्रीले अघि सारेको ८२ बुँदे गृहसुधार कार्ययोजनामा रहेका प्रहरीसँग सम्बन्धित बुँदाहरु कार्यान्वयन गरिने पनि बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement