Monday December 10, 2018 | |

सञ्चारकर्मी गीताको ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

featured-news

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ ।


चलचित्र पत्रकार संघकी उपाध्यक्षसमेत रहेकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गरिन् । विमोचनपछि घर्तीमगरले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताइन् ।


मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गरेका छन् । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गरेका हुन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement