Sunday December 16, 2018 | |

किन १ घण्टा बन्द गरियो कलंकी–सोल्टीमोड सडक ?

featured-news

काठमाडौं । काठमाडौंको कलंकीदेखि सोल्टीमोडसम्मको सडकखण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ ।


सडकमा खाल्डाखुल्डी र धुँवाधुलोले आक्रान्त भएपछि स्थानीयवासीले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् । सडक मर्मतसुधार गर्न सरकारलाई दबाब दिने उद्देश्यले सडक बन्द गराएको स्थानीयवासीले बताएका छन् ।


सडक भत्केका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको अबिलम्ब निर्माणका लागि पहल गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् । काठमाडौं महानगरपालिकासँग यस बारेमा पटक–पटक सम्झौंता भएपनि कार्यान्वयन हुन नसकेको उनीहरुको गुनासो छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement