Saturday May 26, 2018 | |

सेन्सर वोर्डद्वारा ‘बेबी आई लभ यू’ लाई पिजी प्रमाण पत्र

featured-news

काठमाडौँ । जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यू’ सेन्सर पास भएको छ । यो फिल्मलाई सेन्सर वोर्डले पिजी अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै बेबी आइ लभ यु मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ ।

सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement