Friday November 16, 2018 | |

नेपाल माल्दिभ्ससँग पराजित, सेमिफाइनलमै यात्रा रोकियो

featured-news

ढाका । साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको छ । यो पराजयसँगै नेपालले खेलबाट बाहिरिँदै फाइनलमा पुग्ने ऐतिहासिक मौका गुमाएको छ ।


ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको नवौं मिनेटमा माल्दिभ्सका अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि खेल माल्दिभ्सको पक्षमा पुगेको हो ।


पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा केही सुधार गरेको देखिएपनि गोल गर्न सकेन । खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे ।


ठूलो वषार्सँगै बिजुली चम्किएका कारण २८ औं मिनेटमा केहीबेर खेल रोकिएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement