Friday November 16, 2018 | |

झलनाथले भने – शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन

featured-news


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताएका छन् । 

 

काठमाडौंमा मंगलबार आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले सरकार साना – साना विषयमा अल्झिदा जनतामा निरासा बढेको बताए ।

 

महंगी नियन्त्रणमा ठोस काम नहुनु र विकास निर्माणका गतिविधिमा पनि सुस्तता देखिदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश गईरहेको खनालको भनाइ छ ।


संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गर्दै नेता खनालले कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने सुझाव दिएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement