Saturday June 23, 2018 | |

नेकपाकाे अभीष्ट समृद्धि मात्रै रहेकाे अध्यक्ष दाहालकाे दावी

featured-news

 

बर्दिवास नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताएका छन । 

नेकपा महोत्तरीले साेमवार  जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले  अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताएका हुन । “मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा हाम्रो पार्टीको सरकार छ”,अध्यक्ष दाहालले भने , “अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई छैन ।” स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उनकाे टिप्पणी थियो । 

साेहि कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले अब चाँडै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी आधार तयार गर्न सरकार लागिपरेको बताएका छन । यद्यपि कुनै अङ्गीकृत नागरिक मुलुकको उच्च पदमा जान पाउने कुरामा आफ्नो पार्टी र सरकार नरहेको उनले स्पष्ट पार्नुभयो । 


यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement