Monday December 10, 2018 | |

‘प्रकाण्ड ध्वंसात्मक गतिविधि र चन्दा आतंकमा संलग्न’ : गृहमन्त्री

featured-news

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड ध्वंसात्मक गतिविधि र चन्दा आतंकमा संलग्न भएकोले उनलाई पक्राउ गरिएको बताएका छन् ।


शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीले प्रकाण्ड गैरकानूनी काममा संलग्न भएकाले उनको नाममा वारेन्ट जारी भएको बताए । कानुनलाई उल्लंघन गर्ने जो कोही व्यक्ति अपराधी भएकाले अपराधीलाई कानूनबमोजिम सजाय दिइने उनले बताए ।


प्रकाण्डको हातमा हथकडी लागेको सम्बन्धमा पत्रकारले गरेको जिज्ञासामा उनले भने, ‘बादल गृहमन्त्री हो, गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो । अपराधीलाई नियन्त्रण लिने क्रममा यस्ता घटना हुन्छन् ।’


यस्तै, भक्तपुर इन्काउन्टर प्रकरणका सम्बन्धमा गृहमन्त्रीले फेक इन्काउन्टर हल्ला मात्र भएको र अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।


अर्काे प्रसंगमा उनले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको हुँदा ठेकदारहरुले काममा तदारुकता देखाउन थालेको पनि बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement