Sunday December 16, 2018 | |

नेपालको सौर्य उर्जामा एक खर्ब पाँच अर्ब अमेरिकी लगानी !

काठमाडौं । एक अमेरिकाको एक कम्पनीले नेपालको सौर्य उर्जामा एक खर्ब बढीको लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव उर्जा मन्त्रालयमा पेश गरेको हो ।

ऊर्जामन्त्री वर्षमान पुनका अनुसार स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको हो ।

उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो ।

नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए ।

कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement