Monday November 20, 2017 | |

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

featured-news

–मधुकर अधिकारी
न्यूयोर्क । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वा्चित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वा्चित भएका छन् । एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वा्चित भएको हो । नेपाल परिषद्मा निर्वा्चित भएपछि न्यूयोर्क्स्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्रा्ष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वा्चित हुन सफल भएको प्रतिक्रिया दिनुभयो । यसले नेपालको छवि अन्तर्रा्ष्ट्रिय मञ्चमा बढाउन प्रेरक भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement