Sunday December 16, 2018 | |

पूर्व आईजीपी मोतीलाल बोहरालाई सर्वोच्चबाट सफाइ

featured-news

काठमाडौं । सर्वाेच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । उनलाई अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो ।


बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसलालाई उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।


विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो ।


विशेष अदालतको फैसलाविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement