Saturday June 23, 2018 | |

अल्पकालीन बजेट ल्याउने तयारीमा प्रदेश ७

featured-news

धनगढी । प्रदेश ७ को सरकारले अल्पकालिन बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको हो ।

बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

सरकार गठन भएपछि सञ्चित कोषको अभावले मन्त्रालयका काम कारबाही प्रभाबित हुन थालेको महसुश गरी अल्पकालीन बजेट ल्याउन लागिएको प्रदेशका वित्तमन्त्री झपट बोहोराले जानकारी दिए । बजेट एक अर्ब २० करोड ५० लाख बरावरको हुने बताइएको छ ।

बजेट निर्माणका विषयमा विज्ञ कर्मचारीलाई आर्थिक मामिला मन्त्रालयले आवश्यक निर्देशनसमेत दिइसकेको छ ।

कृषि र उत्पादनशील क्षेत्रबाहेक शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्ने गरी तयार गर्न लागिएको यो अल्पकालीन बजेटले तत्काल जनतालाई सम्बोधन हुने नीति तथा कार्यक्रम बजेटमा समावेश गरिन लागिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement