Sunday December 17, 2017 | |

ब्रिटिस नागरिकको लेक लागेर मृत्यु

featured-news

२६ असोज, सोलुखुम्बु । सोलुखुम्बुमा लेक लागेर एक ब्रिटिस नागरिकको ज्यान गएको छ । लेक लागेर ज्यान जानेमा ब्रिटिस नागरिक टेरेन्स जोन जस्लीङ रहेका छन । उनको बिहीबार बिहान सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । असोज १७ गते भ्रमणका लागि नेपाल आएका टेरेन्स फर्कने क्रममा लेक लागेर विरामी परेका थिए । विरामी परेका उनलाई खुम्बु पासङ ल्हामु गाउँपालिका–४, दोलेमा सुतेकै ठाउँमा बिहान ३ बजे मृत्यु भएको जनाइएको छ । शव पोस्टमार्टमका लागि बिहान हेलिकप्टरमार्फत काठमाडौको शिक्षण ल्याइएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement