Friday January 19, 2018 | |

भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोडे सेनाका दिनेश श्रेष्ठले

featured-news

२८ पुस, काठमाडौँ । नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन् । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । उनले आज स्नाचमा १ सय २१ किलो तौल उठाए । यसअघि मदन शिवभक्तिको नाममा १ सय २२ केजीको कीर्तिमान कायम थियो । शिवभक्तिले आठौं साफ गेममा यो कीर्तिमान कायम गरेका थिए । स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १ सय केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement