Wednesday September 19, 2018 | |

सरकारद्वारा विभिन्न क्षेत्रका स्रष्टा पुरस्कृत

featured-news

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा विभिन्न विधा र क्षेत्रका स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।


राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले युवालाई प्रोत्साहन र पाकालाई सम्मान गर्ने चर्चा गर्दै कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने भएकाले यसका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा हुने बताए ।


सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गरे ।


राष्ट्रिय प्रतिभा पुरस्कार, २०७४
यस पुरस्कारबाट पुरस्कृत हुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य (काठमाडौ), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडौ) ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडौ) र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्याय रहेका छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कार, २०७४
यसबाट पुरस्कृत हुनेमा कविता विधामा कञ्चन पुडासैनी (काठमाडौ), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) रहेका छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार
यो पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा डा मोहनहिमांशु थापा (काठमाडौ)लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार
यो पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा(काठमाडौ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन(काठमाडौ) लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।


प्रादेशिक प्रतिभा पुरस्कार
यो पुरस्कार पाउनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन (रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) रहेका छन् ।


यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छन् ।


त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौ), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) रहेका छन् ।


यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) रहेका छन् ।


उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement