Sunday September 24, 2017 | |

शुल्क वृद्धिको विरोधमा धरान इन्जिनियरिङका विद्यार्थी आमरण अनशनमा

featured-news

१ साउन, सुनसरी । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशन सुरु गरेका छन । चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् । नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका हुन ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement