Thursday October 19, 2017 | |

एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी (११ बुँदे प्रतिबद्धतासिहत)

featured-news

२६ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौँमा पत्रकार सम्मेलन मार्फत बिहीबार गुरुङले उम्मेदवारीको घोषणा गरिन । अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी घले एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेका पत्नी हुन् । गुरुङले एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न योजना अघि सारेकी छन् । उनले साथै आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिनुहुन अनुरोध समेत गरेकी छन् । गुरूङले ११ प्रतिवद्धता समेत जाहेर गरेकी छिन । 

 

मेरो उम्मेद्धारी किन ?

१. गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पुरा गर्न।
२. गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन ।
३. महिला शसक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न ।
४. गैरआवासीय नेपाली संघलाई समय साक्षेप परिवर्तन र विकास गर्दै सामूहिक नेतृत्वको अवधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न ।
५. गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकास गर्न ।
६. एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन ।
७. संस्थाको मार्गदर्शक दृष्टिकोण भिजन २०२० एण्ड बियोण्डलाई सफल कार्यन्वयन गर्न ।
८. एनआरएएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिको भूमिका निर्वाह गर्न र नेपाललाई सम्बृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न।
९. नेपाल सरकारका विभिन्न निकाय, सरकारी एंव गैरसरकारी संस्थासँग संघले गरेको सम्झौतालाई कार्यन्वयन गर्न ।
१०. बैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकबर्गको हितमा केन्द्रीत हुन ।
११. गैरआवासीय नेपाली संघको दिगो विकासलाई सुनिश्चित गर्न ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement