Saturday May 26, 2018 | |

केन्या विरूद्ध नेपालले निकाल्यो ३ विकेटको जित

featured-news

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपालले केन्यालार्इ ३ विकेटले पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको खेलमा अंकतालिकाको पुछारमा रेहको केन्यालाई नेपालले ३ विकेटले पराजित गरेको हो ।

योसँगै नेपाल अंकतालिकामा शीर्ष दुर्इमा अाफ्नो स्थानलार्इ कायम राखेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले केन्यालाई ५० ओभरमा ८ विकेट लिँदै १७७ रनमा समेट्यो। १७८ रनको चुनौतीसहित जवाफी व्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा लक्ष्य पूरा गर्यो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । कप्तान पारस खड्का र आरिफ शेखले समान ४२/४२ रन जोडे । शरद भेष्वाकरले १९ रन बनाए ।

अाजको खेलमा पनि अोपन व्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल चल्न सकेनन् । उनी ९ रनमा आउट भए । सोमपाल कामीले नटआउट ५ रन जोडे। बलिङतर्फ केन्याका इबी रिङगेराले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको केन्याका लागि आए करिमले सर्वाधिक ४२ रन बनाए । एए ओबाण्डाले ४१, को ओब्युले २७, एनएम ओडिम्बोले २४, सो नोग्चेले २३ रन जोडे । नेपालका सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले १० अोभर वलिङ गर्दै ५ म्याडेन अोवरसहित २० रन खर्च गरेर ५ केन्याका पाँच खेलाडिलार्इ पेवेलियन फर्काए । त्यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले समान १–१ विकेट लिए ।

खेलमा नेपालका सन्दिप लामिछाने म्यान अफ म्याच घोषित भए। एकदिवसीय विश्वकप छनोट प्रतियोगिता तथा इन्टरकन्टिनेन्टल कपमा दुई टिम छनोट गर्नका लागि आयोजित प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा आयोजक नामिबियामाथि १ विकेटको जित हात पारेको थियो । दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा युएईमाथि ४ विकेटको जित हात पारेको छ। ३ खेलमा जितसँगै नेपालको छनोट सम्भावना बढेको छ।

नेपालले अन्तिम खेलमा बुधबार क्यानडाको समाना गर्नेछ । क्यानाडा अंक तालिकामा शीर्ष स्थानमा छ । समान चार खेल खेलेको क्यानाडाले तीन खेलमा जित र एकमा हार निकाल्दै ६ अंक छ । समान ६ अंक रहेको नेपाल नेटरनरेटका अाधारमा क्यानाडाभन्दा पछाडि छ । अाजै भएको खेलमा क्यानाडा नामिवियासँग पराजित भएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement