Saturday July 21, 2018 | |

बेलायतमा राजनैतिक तरंग : दुई मन्त्रीद्वारा राजीनामा

featured-news

लण्डन । बेलायतमा एकै दिन दुई मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा बेलायतका ब्रेजिक्ट मन्त्री र विदेश मन्त्री रहेका छन् ।


बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले विदेश मन्त्री बोरिस जानसोनले पेश गरेको राजीनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति मार्फत जनाएको छ ।


ब्रेजिक्ट मन्त्रीले राजीनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजीनामा दिएका हुन् । बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजीनामा दिएका थिए ।


प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषदमा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ ।


युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजीनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।


इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनीहरुको राजीनामा आएको हो । ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरूबारेमा उनीहरुको मतभेद पनि भएको बताइएको छ ।


ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने उनीहरुको राजिनामाको स्वागत गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News