Friday August 17, 2018 | |

ब्राजिलमा मार्क्सवादी शिक्षाको अध्ययन भ्रमण सकेर नेकपाका नेताहरु फिर्ता

featured-news

काठमाडौं । नेपालमा मार्क्सवादी शिक्षा सञ्चालन गर्न अध्ययन भ्रमणमा ब्राजिल पुगेका नेकपाका नेताहरु अध्ययन सकेर फर्किएका छन् । भ्रमणबाट फर्केपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको भ्रमणबाट नेपालमा माक्र्सवादी विद्यालय स्थापनाका विषयमा अध्ययन भएको बताए । नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् ।
नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्राष्ट्रिय समुदाय खुसी रहेको बताए । उनले नेकपाको एकताले अन्तर्रा्ष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिस्टलाई उत्साह जगाएको दावी समेत गरे ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News