Friday November 16, 2018 | |

दोस्रो पटक बोक्सीको आरोपमा कुटिइन् राधा चौधरी

featured-news

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरी कथित बोक्सीको आरोपमा दोस्रो पटक कुटिएकी छन् ।


राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।


रक्सीले मात्तिएका कालीचरणले पहिले राधालाई गाली गरेको र त्यसपछि कुटेको पीडित राधाले बताएकी छन् । उनले प्रहरीमा किटानी जाहेरी दिएपछि कालीचरणलाई पक्राउ गरिएको हो ।


गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए । त्यस बेला प्रहरीले जाहेरी लिन नमानेको र मेयर पनि रमिते बनेको भन्दै चौतर्फी आलोचना भएको थियो ।


रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement