Thursday January 17, 2019 | |

वैदेशिक रोजगारीमा गएका शिवाकोटीको मलेसिया मृत्यु

featured-news

इलाम । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक युवाको मलेसियामै मृत्यु भएको छ ।

 

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मंसिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ ।

उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन ।

 

शिवाकोटीको शवलाई थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरेर आएका थिए । शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement