Thursday January 17, 2019 | |

एनआरएनए जापानको साधारणसभा जनवरी पहिलो साता हुने

featured-news

जापान । गैरआवासीय नेपालीसंघ (एनआरएनए) जापानको बार्षिक साधारणसभा आगामी जनवरी पहिलो साता हुने भएको छ ।


संघको शुक्रबार बसेको बैठकले जनवरी ६ तारिखका दिन राजधानी टोकियोस्थित नाकानो जेरो हलमा साधारणसभा गर्ने निर्णय गरेको हो ।


यसअघि अक्टोबर ६ तारिखका लागि तय गरिएको साधारणसभा नेपालमा भएको विधान सम्मेलन तथा विज्ञ भेलाका कारण सारिएको थियो ।


साधारणसभामा नेपाल फेस्टिवल आयोजना हुने साथै जापानमा रहेका नेपालीको हकहित, नेपालमा महिला हिंसाविरुद्धको अभियान आदिका बारेमा छलफल हुने जनाइएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement