Saturday July 21, 2018 | |

धमला पत्नी एलिजाको चलचित्र ‘अनुराग’ को पोस्टर सार्वजनिक

featured-news

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण तथा अभिनय गरेको चलचित्र ‘अनुराग’ को पोष्टर सार्वजनिक गरिएको छ । असोज १२ गते रिलिज हुने उक्त चलचित्रको चार वटा अफिसियल पोष्टर सार्वजनिक भएका हुन् ।


पोस्टरमा नायिका एलिजा र नायक समुन्द्र पण्डितलाई रोमान्टिक लुक्समा देख्न सकिन्छ ।


‘अनुराग’ मा एलिजा र समुन्द्रसँगै ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


सांगीतिक प्रेमकथामा आधारित यस चलचित्रमा सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको छ भने सत्यराज चौलागाईंको निर्देशन रहेको छ । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथामा किरण दाहाल, छायांकनमा रामकुमार छन् भने प्रस्तुतकर्ता ऋषि धमला रहेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News