Thursday January 17, 2019 | |

विचारलाई गौण ठान्दा नेकपामा समस्या : मणि थापा

featured-news

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को जारी स्यायी समिती बैठकमा नेताहरुले आ – आफ्ना धारणा राख्ने क्रम जारी छ । बैठकमा नेता मणी थापाले विचारको सवाललाई गौण ठानिएकोले पार्टीमा समस्या आएको धारणा राखेका छन् । प्रस्तुत छ, स्थायी समिती बैठकमा उठेका विषयहरुबारे नेता लामासँग आजको न्युजका लागी नरेश न्यौपानेले गरेको सँक्षिप्त कुराकानी ।


आजको बैठकमा तपाईले खास के कुरा राख्नुभो, बताउन मिल्छ ?
मैले आजको बैठकमा खासगरि सरकारले जनताले अनुभुती गर्न मिल्ने गरि काम गर्न नसकेको, अध्यक्षहरुको प्रतिवेदनमा अन्तराष्ट्रीय सम्बन्धमा सुधार आएको भनिएको तर सुधार नभएको र पार्टीले आज पनि विचारको महत्व उत्तीकै रहेको तर्फ ध्यान दिन नसकेको लगायतका विषयवस्तु राखें । बैठकमा सरकारले आफ्नै कामकार्वाहीहरुको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको तर्फ सबैको जोड थियो ।


सरकारले राम्रै गरिरहेको भनेर पनि केही नेताहरुले बोले भन्ने सुनियो, उहाँहरुको भनाई के थियो ?
त्यस्तो होईन, सरकारमा मन्त्री समेत रहेका ईश्वर पोख्रेल र गोकर्ण बिष्टले आ –आफ्ना मन्त्रालयका गतिविधीबारे बोल्नभएको हो । नत्र समग्रमा नेताहरुले सरकार सच्चिएर ने अगाडी बढ्नुपर्ने धारणा नै राखेका छन् ।


सुवास नेम्वाङ्गले चाहीं प्रधानमन्त्रीको आलोचना गर्नुभयो भनिन्छ, नि ?
उहाँको पनि त्यस्तो केही आलोचना होइन । उहाँले खासगरि विवादित भनिएको एसिया प्यासिफीकको सम्मेलनमा सरकारको लोगो राखिनु कमजोरी भएको बताउनु भएको हो ।


छलफल निकै घनिभुत गरिरहनुभएको छ, बैठकलाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?
हो, यो पटक हामी राम्रै छलफल गरिरहेका छौं । तर बैठकमा पुरानै झगडामात्रै दोहोरीरहेको जस्तो देखिन थालेको मैले अनुभुती गरेको छु । आजको आवश्यकता भनेको पार्टीमा नयाँ व्यवहार र नयाँ सँस्कृती विकाश गरेर एक विशाल पार्टीका जुन उचाँईबाट छलफल हुनुपथ्र्यो , त्यस्तो भईराखेको छैन् ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement