Saturday July 21, 2018 | |

बेलायतमा गीत लेखन गोष्ठी सम्पन्न

featured-news

बेलायत । विश्व नेपाली साहित्य महासंघ, साउथ युकेको आयोजनामा आइतबार गीत लेखन गोष्ठी सम्पन्न भएको छ । भानुजयन्तीका अवसरमा आयोजित गोष्ठिमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिएका थिए ।


साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङल आदिकवि भानुभक्तका बारेमा बोलेका थिए ।


कार्यक्रममा महासंघ स्थापनाको आठौं बार्षिकोत्सवको अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन गर्न लागिएको जानकारी गराइएको थियो । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News