Saturday June 23, 2018 | |

२०२६ को विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

featured-news

२०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत रहेर अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् ।


तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको भएपनि उसले ६५ मत मात्र पाएको छ ।


सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत खेलहरु अमेरिकामा हुनेछन् जसमा क्वार्टरफाइनलदेखिका सबै खेल समावेश छन् ।
२०२२ को विश्वकप कतारमा हुने पहिले नैं निश्चित भैसकेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement