Thursday October 19, 2017 | |

नासाको अध्यक्षमा ढकालको उम्मेदवारीमा विष्टको समर्थन

featured-news

न्यूयोर्क । दक्षिणपूर्वी अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था, नेप्लीज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षका उम्मेद्धवारहरु माधव ढकाल र शिव विष्ट समुहविच चुनावी तालमेल भएको छ । आफ्नो उम्मेदवारी नेपाली एकताको लागी भएको बताउदै आएका ढकाल र बर्तमान महासचिव एवं अध्यक्षका अर्का प्रत्याशी शिव विष्टबीच ढकालको उम्मेदवारिलाई सघाउने गरि सहमति भएको हो । सोमबार शिव विष्टद्धारा जारी विज्ञप्तीका अनुसार बरिष्ठ उपाध्यक्षको उम्मेदवार शिव विष्ट रहने सहमति भएको छ । “नाशियामा माधव ढकालको अपरिहार्यतालाई महसुस गर्दै उहाँको उम्मेदवारीलाई सघाउने र आफु बरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने हामीविच सहमति भयो ।” विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । विगत २० बर्षदेखि नासामा सक्रिय रहेर कार्यसमितिमा समेत जिम्मेवारि सम्हालेका ढकाल सन् २०१५ मा सम्पन्न सम्मेलनमा मुख्य संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । नासाको संगठन विस्तार र संस्थागत सुधारमा महत्वपुर्ण योगदान दिएका ढकालले वर्तमान कार्यसमितिको बहुसंख्यक सदस्यहरुको आग्रहमा नै आफुले उम्मेद्धवारि दिनलागेको बताउनु भएको छ । उनले शिव विष्ट समुहको समर्थन पश्चात आफ्नो जित सुनिश्चित भएको बताउनु भयो “मलाइ संगठन भित्रका अधिकांश साथीहरुले एकपटक नेतृत्व लिन आग्रह गर्नु भएको छ शिव विष्टको समर्थन यसैको उदाहरण हो,” ढकालले भन्नुभयो,“विगतको मेरो कामको मुल्यांकन र नयाँ एजेन्डाहरुको आधारमा नै वहाँहरुको सहयोग हुनेछ ।”


आगामि सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलीनामा हुने सम्मेलनका लागी ढकालले आफ्नो प्रतिवद्धताहरु पनि सार्वजनिक गरिसक्नु भएको छ । संस्थामा देखिएको राजनीतिक प्रभाव अन्त्य गर्ने, नयाँपुस्तामा नासाको आकर्षण बढाउने, सस्थामा अवद्ध सदस्यहरुको आर्थीक समाजीक विकासका लागी विशेष कार्यक्रम लागु गर्ने वहाँकोे योजना छ । त्यसैगरि कम्यूनीटि सेन्टर निर्माणको कामलाइ तिव्रता दिने, नेपाली पाठशाला विस्तार गर्ने र नेपाली कलासाहित्यको प्रवर्धनमा विशेष योजना लागु गर्ने पनि ढकालको एजेन्डा रहेको छ । “मैले नासाको कार्यसमितिमा लामो समय काम गरेको अनुभव र वर्तमान अवस्थामा अमेरिकामा रहेका नेपालीहरुको चाहनाको आधारमा म अधि बढ्ने छु ।” ढकालले आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै भने । उनले सर्वसम्मत नेतृत्व चयनका लागी पनी प्रयास भैरहेको भएता पनी निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि मात्र त्यसको टुंगो लाग्ने जानकारि दिए । संस्थामा लामो योगदान दिएका अग्रज र नयाँ उर्जावान सदस्यहरुलाइ समेटेर लैजाने ढकालको योजना छ ।विगत २५ वर्षदेखि नर्थ क्यारोलीनाको ग्रिनसबोरोमा बस्दै आएका ढकाल पेशाले ब्यांकर हुन् भने उनको हाउजींग, रेष्टुरेन्ट, ग्यास स्टेसन लागायतका व्यवसायमा पनी संलग्न छन् । लेबर डे को दिन हुने सम्मेलनको लागी नासाले शौभाग्यलाल श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement